+

सोमपाल र गुल्शनले एक ओडिआई खेल र टी-२०आई शृंखला गुमाउने

२०८२ जेठ  २७ गते १५:०० २०८२ जेठ २७ गते १५:००

प्रशिक्षण सत्रका क्रममा सोमपाल कामी र गुल्शन झा घाइते भएपछि लिग २ मा आजै हुने नेदरल्याण्ड्ससँगको ओडिआई र त्यसपछि सुरु हुने टी२०आई शृंखला गुमाउने भएका हुन् ।

सोमपाल र गुल्शनले एक ओडिआई खेल र टी-२०आई शृंखला गुमाउने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल क्रिकेट संघले जनाएको अनुसार, सोमपाल कामी र गुल्शन झाले चोटका कारण आगामी खेलहरू गुमाउने भएका छन्।
  • प्रशिक्षण सत्रमा घाइते भएका दुबै खेलाडीलाई चिकित्सकले उपचार र आरामको सल्लाह दिएका छन्।
  • आईसीसी विश्वकप लिग २ का खेलहरूमा उनीहरूले भाग लिन सक्ने छैनन्।

२७ जेठ, काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी विश्वकप लिग २ एकदिवसीय श्रृंखलामा सहभागिता जनाइरहेका दुई नेपाली खेलाडीहरूले चोटका कारण बाँकी खेलहरू गुमाउने भएका छन् ।

प्रशिक्षण सत्रका क्रममा सोमपाल कामी र गुल्शन झा घाइते भएपछि लिग २ मा आजै हुने नेदरल्याण्ड्ससँगको ओडिआई र त्यसपछि सुरु हुने टी२०आई शृंखला गुमाउने भएका हुन् ।

नेपाल क्रिकेट संघका अनुसार सोमपाल कामीको दायाँ हातमा र गुल्शन झाको घुँडामा चोट लागेको छ।

चिकित्सकको परामर्शअनुसार दुवै खेलाडी तत्काल उपचार तथा आराममा रहने निर्णय गरिएको छ।

सोमपाल र गुल्शनले हाल भइरहेको लिग २ मा नेपालका लागि महत्वपूर्ण प्रदर्शन गरेका थिए ।

सोमपालले यसअघिको खेलमा ब्याटबाट शानदार ६७ रन बनाउँदै जितको नजिक पुर्‍याएपनि नेपाल २ रनले चुकेको थियो ।

गुल्शनले पहिलो खेलमा करण केसीसँग साझेदारी गर्दै नेपालको कीर्तिमानी जितमा भूमिका खेलेका थिए ।

 

गुल्शन झा सोमपाल कामी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय