+

लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक

२०८२ जेठ  २७ गते १६:५५ २०८२ जेठ २७ गते १६:५५
लाओसविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले लाओसविरुद्धको खेलका लागि पहिलो रोजाइ सार्वजनिक गरेको छ।
  • नेपालले हालसम्म लाओससँग ६ खेलमा ४ जित र २ बराबरी गरेको छ।
  • अन्जन विष्टले लाओसविरुद्ध गोल गरेमा नेपालका लागि सर्वाधिक गोलकर्ता बन्नेछन्।

२७ जेठ, काठमाडौं । एएफसी एसियन कप छनोअन्तर्गत लाओसविरुद्ध हुने खेलका लागि नेपालको पहिलो रोजाइ सार्वजनिक भएको छ ।

नेपालले हङकङसँग खेलेको मैत्रीपूर्ण खेलबाट एक परिवर्तन गर्दै पहिलो रोजाइ सार्वजनिक गरेको हो । जसमा डिफेण्डर सनिश श्रेष्ठ घाइते भएकाले योगेश गुरुङ पहिलो रोजाइमा खेल्दै छन् ।

गोलकिपरमा कप्तान किरण चेम्जोङ छन् । उनीसँगै अनन्त तामाङ, योगेश गुरुङ, सुमन श्रेष्ठ, विमल पाण्डे, रोहित चन्द, एरिक विष्ट, आयुष घलान, मनिष डाँडी, अन्जन विष्ट र लकेन लिम्बु पहिलो रोजाइमा छन् ।

नेपाल लाओससँग हालसम्म अपराजित रहँदै आएको छ । यसअघि भएका ६ खेलमा नेपालले ४ खेल जित्दा दुई खेल बराबरीमा सकिएका छन् । आजको खेलमा पनि अपराजित नतिजालाई निरन्तरता दिँदै जितको लक्ष्यमा हुनेछ ।

समूह एफमा रहेका नेपाल र लाओस दुवैले छनोटको पहिलो खेलमा हार व्यहोरेका थिए । त्यसैले दुवै टोली अंक जोड्ने लक्ष्यमा हुनेछन् ।

यस खेलमा नेपालका फरवार्ड अन्जन विष्टलाई पनि गोलको कीर्तिमान बनाउने अवसर हुनेछ । अन्जनले नेपालका लागि १३ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा हरि खड्का र निराजन रायमाझीसँग शीर्षमा छन् ।

लाओसविरुद्धको यस खेलमा गोल गरेमा उनी नेपालका लागि सर्वाधिक गोलकर्ता बन्नेछन् ।

नेपाली फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय