+
+
Shares

नागरिकतासम्बन्धी विधेयक संसदीय समितिबाट पारित

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २७ गते १७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता ऐन २०६३ संशोधन विधेयक पारित गरेको छ।
  • समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिहरूलाई सुविधा पुग्ने विश्वास व्यक्त गरे।
  • विधेयक छिट्टै संसदमा पेस गरिने जानकारी समितिले दिएको छ।

२७ जेठ, काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।

मंगलबार सिंहदरबारमा बसेका समितिको बैठकले उक्त विधेयक सर्वसम्मत रुपमा पारित गरेको हो ।

समितिका सभापति रामहरी खतिवडाले विधेयकले नागरिकता नभएका व्यक्तिलाई नागरिकता प्राप्त गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले सर्वसम्मत रुपबाट विधेयक पारित गराउन सहयोग गर्ने सांसदहरूलाई धन्यवाद दिए ।

समितिबाट पारित भएको नागरिकसम्बन्धी विधेयकलाई छिट्टै संसदमा पेस गरिने गरिने समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?