
News Summary
Generated by OK AI. Editorially reviewed.- महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवमा आयोजित क्रिकेट लिग २०२५ को चौथो संस्करण सम्पन्न भयो।
- प्रतियोगितामा प्राइम कमर्सियल बैंक विजेता र नबिल बैंक द्वितीय स्थानमा रह्यो, २४ टिमले भाग लिएका थिए।
- विजेतालाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर र महालक्ष्मी बैंकका अध्यक्षले ट्रफी हस्तान्तरण गरे।
२७ जेठ, काठमाडौं । महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवका अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२५’ को चौथो संस्करण सम्पन्न भएको छ ।
२१ देखि २४ जेठसम्म काठमाडौंमा आयोजित उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंकले जित्न सफल भएको छ भने नबिल बैंकले द्वितीय स्थान हासिल गरेको छ ।
प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, मर्चेन्ट बैंक तथा लघुवित्त वित्तीय संस्थाका २४ टिमले सहभागिता जनाएका थिए । साथै, प्रतियोगिताको विजेता प्राइम कमर्सियल बैंकलाई नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बमबहादुर मिश्र तथा महालक्ष्मी बैंकका अध्यक्ष राजेश उपाध्याले संयुक्त रूपमा ट्रफी हस्तान्तरण गरे ।
उक्त प्रतियोगितामा उत्कृष्ट फिल्डर नबिल बैंकका अमृत चौलागाईं, उत्कृष्ट विकेट–किपर नबिल बैंकका विजयपारा लिम्बु, उत्कृष्ट बलर एनएमबी बैंकका अनिल बर्तौला, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट खेलाडी आइसीएफसी फाइनान्सका सुरज तिमिल्सिनाले जित्न सफल भएका छन् ।
प्रतिक्रिया 4