News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाले साउदी अरेबियालाई २-१ ले हराउँदै फिफा विश्वकप २०२६ का लागि लगातार छैटौं पटक छनोट भयो।
- साउदी अरेबियाले खेलको १९औं मिनेटमा अग्रता लिए पनि अस्ट्रेलियाले गोल गर्दै पुनरागमन जित्यो।
- एशियाली छनोटको तेस्रो चरणमा ६-६ टोली रहेका ३ समूहबाट शीर्ष २ टोलीहरू सिधै विश्वकपका लागि छनोट भए।
२८ जेठ, काठमाडौं । अस्ट्रेलिया फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । तेस्रो चरणको छनोटअन्तर्गत बुधबार साउदी अरेबियालाई २-१ ले हराउँदै अस्ट्रेलिया लगातार छैटौं पटक फिफा विश्वकपका लागि छनोट भएको हो।
साउदी अरेबियाले खेलको १९औं मिनेटमा अब्दुल रहमान अलबदको गोलमार्फत अग्रता लिएको थियो । तर कोनर मेटक्याल्फले ४२औं मिनेटमा र मिचेल डुकले ४८औं मिनेटमा गोल गर्दै अस्ट्रेलियालाई पुनरागमन जित दिलाए।
समुह सी बाट जापान यसअघि नै छनोट भइसकेको थियो । अब अस्ट्रेलिया पनि छनोट हुँदा साउदी अरेबियाले एसियाबाट थप २ स्थानका लागि हुने अर्को चरणमा खेलेर छनोट हुने सम्भावना भने जीवितै छ ।
एसियाको चाैथो चरणबाट २ टिम छनोट हुनेछ । एसियाको पाँचाै चरणबाट एक टिम अन्तरमहादेशीय प्लेअफका लागि छानिनेछ ।
एसियाली छनोटको तेस्रो चरणमा ६-६ टोली रहेका ३ समूहबाट शीर्ष २ टोलीहरू सिधै विश्वकप २०२६ का लागि सिधै छनोट हुने प्रावधान छ।
जापान र अस्ट्रेलियाबाहेक जोर्डन, उज्बेकिस्तान, इरान र दक्षिण कोरिया पनि छनोट भइसकेका छन्।
प्रतिक्रिया 4