News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल पुलिस क्लब र न्युडायमण्ड युथ स्पोर्ट्स क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबलको सेमिफाइनलमा स्थान बनाएका छन्।
- पोखरा रंगशालामा बुधबार समूह चरणको दोस्रो खेलमा दुवै टिमले सहज जित हासिल गरे।
- प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउनेछन्।
२८ जेठ, पोखरा । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालास्थित कभर्डहलमा बुधबार समूह चरणको दोस्रो खेलमा सहज जित निकाल्दै दुवै टिम समूह विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।
पुलिसले स्टेप रामपुरलाई ३–० को सेटमा हरायो । एकतर्फी जित निकाल्ने क्रममा पुलिसले रामपुरलाई २५–७, २५–९ र २५–९ को सेटमा हरायो ।
न्युडायमण्डले समेत सहज जित निकाल्ने क्रममा गण्डकीलाई २५–८, २५–१० र २५–१२ को सेटमा हरायो ।
समूह चरणका सुरुवाती दुई खेलमा शतप्रतिशत जित निकाल्दै पुलिस र न्यु डायमण्डले सेमिफाइनलमा सहज स्थान बनाएका हुन् ।
नेश्नल स्पोर्ट्स एकेडेमीले आयोजना गरेको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने छन्।
प्रतिक्रिया 4