
News Summary
Generated by OK AI. Editorially reviewed.- मलेखु-मुग्लिन नारायणगढ सडक खण्ड ३० जेठदेखि राति बन्द हुने भएको छ।
- सडक निर्माण कार्यका लागि आरसीसी बिम राख्न क्रेन प्रयोग गर्नुपर्ने भएकाले राति सवारी बन्द गरिनेछ।
- सवारीसाधनहरू बिहान ३ बजेपछि मात्र सञ्चालनमा आउनेछन्।
२९ जेठ, काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मलेखु-मुग्लिन नारायणगढ सडक खण्ड ३० जेठदेखि रातिको समयमा बन्द हुने भएको छ ।
मलेखु-मुग्लिन सडक खण्डस्थित बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसीसी बिम राख्ने काम भइरहेकोले ७ असारसम्म रातिको समयमा सवारीसाधन आंशिक बन्द हुने धादिङका डीएसपी सुवास हमालले जानकारी दिए ।
डीएसपी हमालका अनुसार निर्माणाधीन उक्त क्षेत्रमा आरसीसी बिम राख्नका लागि ठूलो साइजको क्रेन प्रयोग गर्नु पर्ने भएकोले सवारीसाधन बन्द गर्नु परेको हो ।
उल्लेखित ती दिनमा राति १०:३० बजेदेखि बिहान ३ बजेसम्म सवारीसाधन (अत्यावश्यक सवारी बाहेक) बन्द हुने सूचनामा उल्लेख छ ।
सूचना अनुसार मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मुग्लिनि र हलुका सवारी साधनहरू कुरिनटारमा रोकिनेछ ।
यसैगरी मलेखुतर्फबाट मुग्लिन छिर्ने भारी सवारी साधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछ ।
ती स्थानमा रोकिने सवारी साधनलाई बिहान ३ बजेपछि मात्रै छोडिने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना :
प्रतिक्रिया 4