+
+
Shares

पूर्वराष्ट्रपति भण्डारीले एमाले अध्यक्ष बन्छु भनेको सुनेको छैन : शेरधन राई

पार्टीले आवश्यक ठानेमा पूर्वराष्ट्रपति भण्डारी एमाले अध्यक्ष बन्न सक्ने सम्भावना रहे पनि अहिले चलिरहेको चर्चा ओलीलाई कमजोर बनाउन चाहनेहरूबाट भइरहेको नेता राईले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष बन्ने कुरा नसुनेको बताए।
  • राईले भण्डारीले देश र पार्टीको चासो राख्नु स्वाभाविक भएको र आवश्यक परे निर्णय लिन सक्ने बताए।
  • उनले वर्तमान चर्चा ओलीलाई कमजोर बनाउन चाहनेहरूबाट भइरहेको बताए।

२९ जेठ, खोटाङ । नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष बन्छु भन्ने आफूले नसुनेको बताएका छन् ।

प्रेस चौतारी नेपाल खोटाङले गरेको पत्रकार सम्मेलनमा राईले पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियताबारे टिप्पणी गरेका हुन् ।

‘एमाले अध्यक्ष बन्ने, केपी ओलीलाई रिप्लेस गरेर अध्यक्ष बन्ने कुरा हामीले सुनेको छैन, मैले सुनेको छैन,’ उनले भने ।

कोशी प्रदेश इन्चार्ज रहेका राईले पूर्वराष्ट्रपति भण्डारीले देश र पार्टीहरुको बारेमा चासो राख्नुलाई अस्वभाविक रूपमा हेर्न नहुने पनि बताए ।

‘उहाँ (विद्या भण्डारी) सक्रिय राजनीतिकर्मी र सफल राष्ट्र अध्यक्ष भएकाले देश र राजनीतिमा चासो राख्नु स्वभाविक कुरा हो । उहाँले एमालेलाई पनि सुझाव दिन सक्नु हुन्छ, अन्य राजनीतिक दलहरूलाई पनि सुझाव दिन सक्नु हुन्छ,’ राईले भने ।

यदि पार्टीले आवश्यक ठानेर आग्रह गर्दा भने पूर्वराष्ट्रपति भण्डारीले निर्णय लिन सक्ने उनले बताए । ‘भोलि पार्टीले त्यो आवश्यकता ठान्यो, छलफलको विषय बन्यो, पार्टीले आग्रह गर्ने स्थिति बन्यो, त्यो सन्दर्भमा उहाँले निर्णय गर्ने कुरा हो,’ राईले भने ।

पार्टीले आवश्यक ठानेमा एमाले अध्यक्ष बन्न सक्ने सम्भावना रहे पनि अहिले चलिरहेको चर्चा ओलीलाई कमजोर बनाउन चाहनेहरूबाट भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?