
२९ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले छलफल गरेका छन् ।
भेटमा माधव नेपालका अलावा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र नेता शेरबहादुर कुँवर थिए । माओवादीबाट प्रचण्डसहित उपमहासचिव वर्षमान पुन र प्रमुख सचेतक हितराज पाण्डे थिए ।
प्रचण्डले सदनका बारेमा छलफल भएको जानकारी दिए । उनले विपक्षी लगाएत अन्य दलहरूसाग छलफल गरेर आवश्यक निर्णय हुने बताए ।
अध्यक्ष नेपालले संसद् खुलाउन मध्यमार्गी उपाय निकाल्नुपर्नेमा छलफल भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4