+
+
Shares

‘यानीमाया’मा केन्द्रित हुने भन्दै पलले छाडे ‘महाराजधिराज’

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता पल शाहले ‘महाराजधिराज’ फिल्मबाट बाहिरिएको घोषणा गरे।
  • उहाँले आफ्नो अर्को फिल्म ‘यानीमाया’को तयारीका कारण ‘महाराजधिराज’ गर्न नसक्ने बताए।
  • ‘महाराजधिराज’को छायांकन र रिलिज मिति अनिश्चित बनेको छ।

काठमाडौं । अभिनेता पल शाह निर्माण हुने तयारीमा रहेको फिल्म ‘महाराजधिराज’बाट बाहिरिएका छन् । निर्माता कम्पनी छत्रेश्वरी म्यानेजमेन्टले शाहसँगको सम्झौता अन्त्य भएको जनाएको छ ।

विहिबार बेलुका सामाजिक संजालबाट प्रेषित विवरणमा आपसी सहमतीमा शाह र कम्पनीबीचको सम्झौता अन्त्य भएको उल्लेख छ । पलले पनि आफ्नो कम्पनी पल शाह फिल्म्सले निर्माण गर्ने र आफूले अभिनय गर्ने अर्को फिल्म ‘यानीमाया’को लागि तयारी गर्नुपर्ने हुँदा समय जुधेकाले आफूले ‘महाराजाधिराज’ गर्न नसक्ने प्रष्टीकरण दिएका छन् ।

पलको बहिर्गमनसँगै ‘महाराजधिराज’को पूर्वनिर्धारित असार पहिलो सातादेखि सुरु हुने भनिएको छायांकन अनिश्चित बनेको छ भने दशैंमा रिलिज हुने सम्भावना पनि न्यून बनेको छ ।

आफ्नो पहिलो प्राथमिकता यानीमाया हुने उनको भनाइ छ । पलले प्रोजेक्ट छाडेपछि उनको ठाउँमा ‘महाराजधिराज’मा कुन कलाकारको इन्ट्री हुन्छ भन्ने तत्काल यकिन छैन । जसको प्रभाव दशैंमा तय गरिएको प्रदर्शन मितिमा देखिने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?