+

प्रचण्ड कप भलिबल : एपीएफ र एभरेस्ट अन्तिम चारमा

२०८२ जेठ  २९ गते २१:५९ २०८२ जेठ २९ गते २१:५९
प्रचण्ड कप भलिबल : एपीएफ र एभरेस्ट अन्तिम चारमा

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेस्ट भलिबल क्लब र एपीएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्।
  • पोखरामा भएको समूह चरणको अन्तिम खेलमा एभरेस्टले गण्डकीलाई ३–१ को सेटमा पराजित गरी अन्तिम चारमा पुगेको हो।
  • सेमिफाइनल खेलहरू शुक्रबार हुनेछन्, विजेताले ६ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।}

२९ जेठ, पोखरा । एभरेस्ट भलिबल क्लब र एपीएफ क्लबले प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएका छन् । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै दुवै टिमले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् ।

पोखरास्थित कभर्डहलमा बिहीबार गण्डकी प्रदेश भलिबल संघमाथि पुनरागमन जित निकाल्दै एभरेस्टले अन्तिम चारमा स्थान पक्का गर्‍यो । एभरेस्टले गण्डकीलाई ३–१ को सेटमा हरायो ।

पहिलो सेटमा गण्डकीले २५–२१ ले जित निकालेपनि एभरेस्टले सुधारिएको प्रर्दशन गर्दै २५–१४, २५–२२ र २५–१४ को नतिजा निकाल्यो ।

तेस्रो दिनको पहिलो खेलमा एपीएफले स्टेप रामपुरलाई ३–० को सोझो सेटमा हरायो । एपीएफले अन्तिम चारमा स्थान बनाउने क्रममा रामपुलाई २५–६, २५–६ र २५–७ को सेटमा हरायो ।

प्रतियोगिता अन्तर्गत शुक्रबार सेमिफाइनलका खेलहरु हुनेछन् । पहिलो सेमिफाइनलमा पुलिस र एभरेस्ट तथा दोस्रो सेमिफाइनलमा न्युडायमण्ड र एपीएफ भिड्ने समिकरण बनेको छ ।

प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख रुपैयाँ र तेस्रो हुने टिमले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

सर्वोत्कृष्ट खेलाडीले ३० हजार र विधागततर्फका उत्कृष्ट खेलाडीले जनही २० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक नेश्नल स्पोर्ट्‌स एकेडेमीले जनाएको छ ।

प्रचण्ड कप भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय