+

कीर्तिमानले भरिएको खेलमा नेदरल्याण्ड्सले स्कटल्याण्डलाई हरायो

२०८२ जेठ  २९ गते २३:४७ २०८२ जेठ २९ गते २३:४७
कीर्तिमानले भरिएको खेलमा नेदरल्याण्ड्सले स्कटल्याण्डलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेदरल्याण्ड्सले स्कटल्याण्डमा जारी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अन्तिम खेलमा ४ विकेटको जित निकाले।
  • एकदिवसीय क्रिकेटमा दुवै इनिङमा ओपनरले १५०+ रन बनाए।
  • यो एसोसियट क्रिकेटमा सबैभन्दा उच्च सफल रन चेज पनि हो।

२९ जेठ, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्डमा जारी शृंखलाको अन्तिम खेलमा नेदरल्याण्ड्सले कीर्तिमानी जित निकालेको छ ।

स्कटल्याण्डले दिएको ३७० रनको विशाल लक्ष्य नेदरल्याण्ड्सले ४ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्दै ४ विकेटको जित निकाल्यो ।

यो एसोसियट क्रिकेटकै उच्च सफल रन चेज हो । त्यस्तै समग्र एकदिवसीय क्रिकेटकै दोस्रो सफल रन चेज हो ।

कीर्तिमानी जितमा नेदरल्याण्ड्सका ओपनर म्याक्स ओ डाउडले अविजित १५८ रन बनाए । तेजा निदामानुरुले ५१ तथा नोआ क्रोएसले ५० रन बनाए ।

त्यसअघि स्कटल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३६९ रन बनाएको थियो । ओपनिङ ब्याटर जर्ज मन्से लिग २ क्रिकेटमा कीर्तिमानी दोहोरो शतकबाट ९ रनले चुकेका थिए । उनले १५० बलमा १४ चौका र ११ छक्का प्रहार गर्दै १९१ रन बनाए ।

एकदिवसीय क्रिकेटमा एकै खेलको दुवै इनिङमा ब्याटरले १५०+ रन बनाएको यो पहिलोपटक हो । त्यसमाथि एकै खेलका दुवै इनिङमा ओपनरले नै १५० भन्दा बढी रन बनाएको पनि पहिलोपटक हो ।

मन्से ४९औं ओभरको चौथो बलमा भिभियन किङ्माको बलमा बोल्ड भएका थिए । दोहोरो शतक पूरा गर्न चुके पनि उनले एसोसियट राष्ट्रका खेलाडीको तर्फबाट सबैभन्दा उच्च स्कोरको कीर्तिमान भने बनाए। म्याथ्यु क्रसले पनि ५९ रन जोडे।

बलिङतर्फ आर्यन दत्त र माइकल लेभिटले २–२ विकेट लिए भने भिभियन किङ्मा र रोलोफ भान डर मर्वेले १–१ विकेट लिए।

यसअघि स्कटल्याण्डकै क्यालम म्याकलडले बनाएको १७५ रन एसोसियट क्रिकेटको सबैभन्दा उच्च स्कोर थियो ।

यदि मन्से २०० रन पूरा गर्न सफल भएका भए यो एसोसियट राष्ट्रका खेलाडीले बनाएको पहिलो दोहोरो शतक हुने थियो।

जर्ज मन्से म्याक्स ओ डाउड लिग २ क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय