+

मेजर लिग क्रिकेट : साविक विजेता वासिङटनमाथि युनिकर्न्सको फराकिलो जित

२०८२ जेठ  ३० गते १०:२४ २०८२ जेठ ३० गते १०:२४
मेजर लिग क्रिकेट : साविक विजेता वासिङटनमाथि युनिकर्न्सको फराकिलो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सान फ्रान्सिस्को युनिकर्न्सले अमेरिकाको मेजर लिग क्रिकेटमा विजयी सुरुवात गरेको छ।
  • युनिकर्न्सले ५ विकेट गुमाएर २६९ रन बनायो, जसमा फिन एलेनले १५१ रन बनाए।
  • जवाफमा वासिङटन १४६ रनमा अलआउट भयो।

३० जेठ, काठमाडौं । अमेरिकामा शुक्रबारदेखि सुरु भएको मेजर लिग क्रिकेटमा सान फ्रान्सिस्को युनिकर्न्सले विजयी सुरुवात गरेको छ । युनिकर्न्सले साविक विजेता वासिङटन फ्रीडमलाई १२३ रनको फराकिलो अन्तरले हराएको हो ।

युनिकर्न्सले दिएको २७० रनको विशाल लक्ष्य पछ्याएको वासिङटन १३.१ ओभरमा १४६ रनमा अलआउट भयो । रचिन रविन्द्रले सर्वाधिक ४२ तथा मिचेल ओवेनले ३९ रन बनाए ।

शानदार सुरुवात गर्दै पावरप्लेमै ८९-१ को अवस्थामा रहेको वासिङटनले त्यसपछि ५७ रन जोड्दा बाँकी सबै विकेट गुमायो । कप्तान ग्लेन म्याक्सवेल ५ रनमा आउट हुँदा १०९-३ को अवस्थामा रहेको वासिङटन त्यसपछि ११७-८ को अवस्थामा पुग्दै १४६ रनमा अलआउट भयो ।

युनिकर्न्सका लागि हारिस राउफ र हसन खानले ३-३ विकेट लिए । कार्मी ले रोक्सले २ तथा लियाम पल्ङकेटले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युनिकर्न्सले फिन एलेनको शानदार शतकमा ५ विकेट गुमाएर २६९ रन बनाएको थियो ।

न्युजिल्याण्डका क्रिकेटर फिन एलेनले टी-२० क्रिकेटको एकै इनिङमा सर्वाधिक छक्काको कीर्तिमान तोड्दै १९ छक्का प्रहार गरेर ५१ बलमा १५१ रन बनाएका थिए ।

हसन खानले अविजित ३८ तथा सन्जय कृष्णमुर्तीले ३६ रन बनाए । वासिङटनका ज्याक एडवार्ड्सले २ विकेट लिँदा सौरभ नेत्रभल्कर, मिचेल ओवेन र इयान हल्याण्डले १-१ विकेट लिए ।

मेजर लिग क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय