
News Summary
Generated by OK AI. Editorially reviewed.- ‘महाभोज’ फिल्म शुक्रबारदेखि प्रदर्शनमा आएको छ र ११० भन्दा बढी शोसहित प्रदर्शन भइरहेको छ।
- फिल्मले सहकारी संस्थामा वचत रकमको अपचलन र यसको सामाजिक र आर्थिक प्रभावलाई चित्रण गर्दछ।
- निर्माताले माघरको प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको बताएका छन्।
काठमाडौं । शुक्रबारदेखि नेपालमा ‘महाभोज’सहित ३ फिल्म प्रदर्शनमा आएका छन् । नेपालकोे ‘महाभोज’ र हलिउडका दुई फिल्म ‘हाउ टु ट्रेन योर ड्रागन’ र ‘ब्यालेरिना’ प्रदर्शनमा आए ।
‘महाभोज’ देशब्यापी ११० भन्दा धेरै शोसहित प्रदर्शनमा आएको छ । यो फिल्ममा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत र गौमाया गुरुङको शीर्ष भूमिका छ ।
काठमाडौंमा प्रिमियर भइसकेको ’महाभोज’को टोलीले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गर्यो । यसक्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि प्रिमियर शो सम्पन्न भए ।
‘महाभोज’ सोसल ड्रामा जनरामा आधारित छ । सहकारी संस्थामा वचत गरिएको रकम अपचलन हुँदा वचतकर्ताको सामाजिक र आर्थिक जीवनमा ल्याउने उतारचढावको कथा यसमा छ ।
फिल्मले मोफसलका प्रिमियरमा सकारात्मक प्रतिक्रिया प्राप्त गरेको निर्माताले जनाएका छन् । काठमाडौं उपत्यका बाहिरका प्रिमियर शोमा कलाकार आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए ।
प्रिमियर शोमा केही सहकारी पीडित पनि सहभागी थिए । फिल्मलाई सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया उनीहरूको छ । फिल्मले यथार्थ चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने उनले बताए ।
ओपनिङ अकुपेन्सी कस्तो छ ?
शुक्रबार बिहानको प्रारम्भिक अकुपेन्सी न्यून छ । बलियो ‘वर्ड अफ माउथ’को मद्दतमा फिल्मले अकुपेन्सीलाई वृद्धि गर्नुपर्ने चुनौती देखिन्छ । सोसल ड्रामा फिल्मको मुख्य चुनौती भनेकै ‘सकारात्मक प्रतिक्रिया’ बटुलेर अकुपेन्सी बढाउनु हो । के ‘महाभोज’ले दर्शकलाई हलसम्म तान्न सक्ला ? यसको नतिजा पहिलो सप्तान्तसम्म स्पष्टरुपमा देखिनेछ ।
प्रतिक्रिया 4