+
+
Shares

न्यायाधीशमाथि मोसो प्रहार भएकोमा कांग्रेस–एमाले सम्बद्ध कर्मचारीहरुको विरोध

ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्मद आफ्ताव आलम लगायतलाई सफाइ दिएको भन्दै विहीबार नेकपा (बहुमत)का कार्यकर्ताहरुले उच्च अदालतको वीरगञ्ज इजलासमा गएर न्यायाधीशद्वय थारु र महर्जनमाथि मोसो छ्यापेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ ३० गते २०:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सत्तारुढ कांग्रेस–एमाले सम्बद्ध कर्मचारी संगठनहरूले न्यायाधीशद्वय माथि दुर्व्यवहारको भर्त्सना गरे।
  • नेकपा (बहुमत) का कार्यकर्ताले वीरगञ्ज इजलासमा गएर न्यायाधीशद्वयलाई मोसो छ्यापेका थिए।
  • नेपाल निजामती कर्मचारी युनियन र संगठनले गैरकानुनी व्यवहारको निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याउन अपिल गरे।

३० जेठ, काठमाडौं। न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि दुर्व्यवहार भएको भन्दै सत्तारुढ कांग्रेस–एमाले सम्बद्ध कर्मचारी संगठनहरुले भर्त्सना गरेका छन् ।

ज्यान मुद्दाका आरोपित कांग्रेस पूर्वसांसद मोहम्मद आफ्ताव आलम लगायतलाई सफाइ दिएको भन्दै विहीबार नेकपा (बहुमत)का कार्यकर्ताहरुले उच्च अदालतको वीरगञ्ज इजलासमा गएर न्यायाधीशद्वय थारु र महर्जनमाथि मोसो छ्यापेका थिए ।

आज नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन र एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले संयुक्त विज्ञप्ति निकालेर भर्त्सना गरेका हुन् ।

‘न्यायाधीशले गरेको फैसला चित्त नबुझे माथिल्लो तहबाट परीक्षण हुने संवैधानिक एवम् कानुनी हक हुने व्यवस्था हुँदाहुँदै गैरकानुनी चरित्र एवम् कालोमासो जस्तो अमर्यादित व्यवहार प्रदर्शन गर्नु दुर्भाग्यपूर्ण र अशोभनीय हो,’ नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष जोदासिंह कठायत र नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष श्रीप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

उनीहरुले दोषीलाई कानुनी दायरामा ल्याउन र भयरहित तवरले न्याय सम्पादन गर्न पाउने वातावरण सिर्जना गरिदिन सरोकारवालासँग अपिल पनि गरेका छन् ।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?