+

फिफा क्लब वर्ल्डकप : अल अहली र इन्टर मियामीको गोलरहित बराबरी

२०८२ असार  १ गते ८:१५ २०८२ असार १ गते ८:१५
फिफा क्लब वर्ल्डकप : अल अहली र इन्टर मियामीको गोलरहित बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिफा क्लब विश्वकपको पहिलो खेलमा इजिप्टको अल अहली र अमेरिकाको इन्टर मियामी एफसी बीच गोलरहित बराबरी भयो।
  • खेलमा इन्टर मियामीकै गोलकिपर ओस्कार उस्तरीले ८ सेभ गरे र दोस्रो हाफमा लियोनल मेस्सीको फ्रिकिक साइड नेटिङमा पर्‍यो।
  • प्रतियोगिता १४ जुनदेखि १३ जुलाईसम्म अमेरिकाभर आयोजना हुनेछ र समूह ए मा दुवै टोलीको १–१ अंक भएको छ।

१ असार, काठमाडौं । फिफा क्लब विश्वकपको पहिलो खेलमा इजिप्टको अल अहली र अमेरिकाको इन्टर मियामी एफसी बीच गोलरहित बराबरी भएको छ । खेल निकै रोमाञ्चक रहे पनि दुई टोली कुनै गोल गर्न असफल रहे ।

इन्टर मियामीका गोलकिपर ओस्कार उस्तरीले पहिलो हाफमा एक पेनाल्टी बचाएका थिए भने कुल ८ सेभ गरे । अल अहलीको आक्रमण बारम्बार बलियो रहे पनि गोल हुन सकेन ।

दोस्रो हाफमा इन्टर मियामी आक्रामक खेल्न प्रयास गरेको थियो । मियामीको तर्फबाट लियोनल मेस्सीको फ्रिकिक साइड नेटिङमा पर्‍यो भने अर्को शट क्रसबारमा लागेर फर्कियो ।

यो बराबरी पछि समूह ए मा दुवै टोलीको १–१ अंक भएको छ । इन्टर मियामीको अर्को खेल १९ जुनमा पोर्टोविरुद्ध हुनेछ । त्यस्तै अल अहलीको खेल त्यही दिन पाल्मेइराससँग हुनेछ ।

क्लब विश्वकप यो पटक पहिलो पटक ३२ टोलीको सहभागितामा हुन लागेको छ । प्रतियोगिता १४ जुनदेखि १३ जुलाईसम्म अमेरिकाभर आयोजना हुनेछ ।

फिफा क्लब वर्ल्डकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय