+

यू–२० महिला टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

२०८२ असार  १ गते १४:१३ २०८२ असार १ गते १४:१३
यू–२० महिला टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिए

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय यू–२० महिला टोलीको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।
  • प्रशिक्षक यामप्रसाद गुरुङले प्रारम्भिक ४० खेलाडीबाट ३० खेलाडीको सूची सार्वजनिक गरेका हुन्।
  • साफ यू-२० महिला च्याम्पियनसिप जुलाइमा हुँदैछ ।

१ असार, काठमाडौं । साफ यू–२० महिला च्याम्पियनसिप २०२५ को तयारी स्वरूप बन्द प्रशिक्षणबाट १० खेलाडीहरू बाहिरिएका छन् ।

नेपाली राष्ट्रिय यू–२० महिला टोलीका मुख्य प्रशिक्षक यामप्रसाद गुरुङले ३० खेलाडीको सूची सार्वजनिक गरेका छन्।

प्रशिक्षक गुरुङले बन्द प्रशिक्षणको प्रारम्भमा ४० खेलाडीलाई बोलाएका थिए। तीमध्येबाट १० खेलाडी बाहिरिएसँगै अब ३० खेलाडी मात्र प्रशिक्षणमा रहनेछन्।

साफ यू-२० महिला च्याम्पियनसिप आगामी जुलाई ११ देखि २२ तारिखसम्म बंगलादेशमा आयोजना हुँदैछ।

४० जनाको सूचीबाट अमिता भुल, अवनी रजेश्वरी, गायत्री मल्ल, मरीना लामा, प्रतिमा शर्मा, रोजिता बिष्ट, सबिता मण्डल, सङ्गिता अधिकारी, सुनिता बिके, सुनिता सुनार बाहिरिएका हुन् ।

अन्तिम ३० खेलाडीको नामावली :
अनिशा राई, अस्मिता गुरुङ, वर्षा ओली, भावना परियार, बिर्सना चौधरी, गंगा रोकाया, झुमा बिश्वकर्मा, जुना तामाङ, कविता गुरुङ, करुण बुढाथोकी, कुसुम खतिवडा, लिला चन्द, लिला जोशी, मनिषा सेन, माया मास्के, मीना देउवा, पूर्णिमा राई, पुनम छेम्जोङ, सजिना स्यन्ताङ, समिक्षा मगर, सनीमा माया लो, सरिता कुमारी नाथ, सेमिहाङमा लिम्बु पन्धाक, सेनु परियार, सिमरन राई, सीता रोकाया, सुजाता तामाङ, सुक्रिया मिया, सुसिला केसी, रुपा लिम्बु।

यू-२० महिला फुटबल टिम
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय