News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल नेपाल फुटबल संघले साउन २७ देखि महिला लिगको छनोट प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ।
- प्रतियोगिताका लागि असार २० भित्र खेलाडी दर्ता गर्नुपर्नेछ।
- १६ वटा क्लब सहभागी हुने प्रतियोगिताका लागि आइतबार छलफल भएको थियो।
१ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एन्फा महिला लिगको छनोट प्रतियोगिता साउन २७ देखि गर्ने भएको छ ।
एन्फाले आइतबार सहभागी १६ वटा क्लबसँग छनोट प्रतियोगितासम्बन्धी छलफल गरेको थियो ।
एन्फा कम्प्लेक्स, सातदोबाटोमा सम्पन्न बैठकमा प्रतियोगिता आगामी २०८२ सालको साउन २७ गतेदेखि सुरु गर्ने निर्णय गरिएको हो ।
त्यस्तै प्रतियोगिताका लागि असार २० गतेभित्र न्यूनतम खेलाडी दर्ता गर्नुपर्ने कुरा तय गरिएको छ ।
खेल तालिका भने साउन १६ गते सार्वजनिक गरिने जनाइएको छ ।
प्रतिक्रिया 4