+
+
Shares

संसद्‌मा रास्वपाले लगाएको नाराप्रति कांग्रेसको नियमापत्ति

भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन भएको भन्दै रास्वपाले मानव तस्करीको संज्ञा दिएको छ । यसलाई संकेत गर्दै रास्वपाका सांसदले संसद्मा ‘मानव तस्करीलाई कारबाही गर’ भन्ने नारा लगाइरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १६:३१
प्रतिनिधिसभाको सोमबारको बैठकमा नारावाजी गर्दै रास्वपा सांसदहरू । तस्वीर : चन्द्र आले/अनलाइनखबर ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसदहरूले नारालाई नियमापत्ति भएको छ।
  • संसद्मा ‘मानव तस्करीलाई कारबाही गर’को नारा लगाइएपछि नेपाली कांग्रेस सचेतकले नियमापत्ति गरेकी हुन्।
  • सभामुखले सांसदको ध्यानाकर्षणलाई ध्यान दिएर संसदको मर्यादा कायम राख्न आग्रह गरेका छन्।

२ असार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले लगाएको नाराप्रति नै नियमापत्ति भएको छ ।

भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी रूपमा आर्थिक लेनदेन भएको भनेर यसलाई रास्वपाले मानव तस्करीको संज्ञा दिएको छ । यसलाई संकेत गर्दै रास्वपाका सांसदहरूले संसद्मा ‘मानव तस्करीलाई कारबाही गर’को नारा लगाइरहेका छन् ।

तर, यस्तो कसलाई भन्न खोजिएको हो त्यो प्रष्ट पारिनुपर्ने भन्दै नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले नियमापत्ति गरेका हुन् ।

अर्थमन्त्री विष्णु पौडेलले बजेटमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिइरहेका बेला कांग्रेसकी सचेतक थिङले नियमापत्तिका लागि सभामुखसँग समय मागेकी थिइन् ।

सभामुखले समय दिएपछि उनले भनिन्, ‘आपत्तिजनक शब्दहरू यहाँ मानव तस्करीको कुराहरू उठ्यो । बोल्ने वक्ताले बोलिरहेको बेलामा अवरोध गर्ने कुराहरू उठ्यो । मानव तस्करी भनेर कसलाई भन्न खोजेको हो ?’

कांग्रेसकी सचेतक थिङले नियमापत्ति नै गरेर ध्यानाकर्षण गरेपछि सभामुख देवराज घिमिरेले पनि ध्यानाकर्षण भएको बताए ।

‘माननीय सदस्यले ध्यानाकर्षण गराउनुभएको कुरामा ध्यानाकर्षण भएको छ । संसदभित्र गरिने गतिविधिहरू मर्यादित, जिम्मेवारपूण उत्तरदायीपूर्ण हुनुपर्छ भन्ने कुरामा ध्यानाकर्षण गराउन चाहन्छु’ उनले भने ।

विरोध र समर्थन गर्ने परिपार्टी रहेको उल्लेख गर्दैउनले अब पनि यसमा ध्यान दिनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?