+
+
Shares

पूर्वमन्त्री शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार सानेपामा राखिने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि सानेपामा राखिने भएको छ।
  • उनको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।

२ असार, काठमाडौं । नेपाली कांग्रेसका दिवंगत केन्द्रीय सदस्य ढुण्डिराज शास्त्रीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने भएको छ ।

पूर्वउद्योगमन्त्री समेत रहेका ९० वर्षीय शास्त्रीको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा सोमबार बिहान निधन भएको हो ।

प्रजातान्त्रिक आन्दोलनका योद्धा शास्त्रीको पार्थिव शरीर मंगलबार बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

उनको निधनप्रति कांग्रेस सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘नेपालको प्रजातान्त्रिक आन्दोलनका एक अथक योद्धा, सरल र निष्ठावान राजनीतिज्ञ, समाजवादी चिन्तक, पार्टीका पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री ढुण्डिराज शास्त्रीको निधनको खबरले मलाई स्तब्ध र मर्माहत बनाएको छ’, देउवाको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको संगठन निर्माण र प्रजातान्त्रिक आन्दोलनहरुमा उहाँले पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?