+

दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा हुने

२०८२ असार  २ गते १८:२६ २०८२ असार २ गते १८:२६
दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता बुटवलमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुटवलमा \'दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता – २०८२\' आयोजना हुने भएको छ।
  • प्रतियोगितामा ५०० भन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक र पदाधिकारी सहभागी हुनेछन्।
  • खेलहरू फाइटिङ, सेल्फ-डिफेन्स र हाई फल / लङ फल समावेश गरी विभिन्न उमेर, तौल र बेल्ट अनुसार प्रतिस्पर्धा हुनेछ।

२ असार, बुटवल । नेपाल हाप्किडो संघको आयोजनामा बुटवलमा ‘दशौं राष्ट्रिय हाप्किडो प्रतियोगिता – २०८२’ आयोजना हुने भएको छ ।

प्रतियोगिता २०८२ असार ५ गतेदेखि ७ गतेसम्म तीन दिनसम्म सञ्चालन हुने सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतियोगितामा देशभरका सातवटै प्रदेशबाट छनोट गरिएका ५०० जना भन्दा बढी खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायक तथा पदाधिकारीहरूको उपस्थिति रहने प्रतियोगिता संयोजक कालीबहादुर घर्ती मगरले जानकारी दिए ।

नेपाल हाप्किडो संघका अध्यक्ष समेत रहेका घर्तीका अनुसार प्रतियोगितामा फाइटिङ, सेल्फ-डिफेन्स तथा हाई फल / लङ फल जस्ता प्रमुख इभेन्टहरू समावेश गरिने छ ।

खेलहरू क्याडेट, जुनियर तथा सिनियर डिभिजन अन्तर्गत पुरुष तथा महिला तर्फ विभिन्न तौल, उमेर र बेल्ट अनुसार प्रतिस्पर्धा हुने घर्तीले बताए ।

प्रतियोगीता देविनगरस्थित नविन औधोगिक मीविको मैदानमा हुने र प्रतियोगिता सम्पन्न गर्न करिव ३० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

राष्ट्रिय हाप्किडो प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय