
News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण असार १४ देखि २० सम्म स्वीकृत गर्यो।
- उहाँले संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुनुहुनेछ।
- सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरू सहभागी हुनेछन्।
२ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्वीकृत गरेको एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।
आउँदो असार १४ गतेबाट २० गतेसम्मका लागि भ्रमण स्वीकृत भएको हो ।
संयुक्त राष्ट्र संघीय विकासका लागि वित्त कार्यक्रमको चौथो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् ।
उक्त सम्मेलनमा संयुक्त राष्ट्रसंघमा आबद्ध मुलुकका राष्ट्र प्रमुख र सरकार प्रमुखहरूको सहभागिता रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4