+
+
Shares

धरानमा दिनभर तनाव : प्रमुख-उपप्रमुखबीच चर्काचर्की, समर्थक झडपमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते १८:०२

३ असार, विराटनगर । श्रमदानको भुक्तानी विवादमा धरान उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पक्षबीच झडप भएको छ । प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्र बिक्रम बेघाबीच पनि चर्काचर्की भएको छ ।

दुई पक्षाबीचको विवाद र झडपले गर्दा मंगलबार दिनभर नगर परिसर तनावग्रस्त बन्यो ।

‘बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले नगरपालिकासँग ७ लाख ४१ हजार भुक्तानी माग गरेको थियो ।

१७ लाख ४० हजार बराबरको काम मध्ये ९ लाख ९८ हजारको श्रमदान र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी मागेपछि उपमेयर बेघाले रोकिदिए । त्यसपछि धरान १० को रायणपथमा श्रमदानमा प्रयोग भएको नगरको सवारीको चाबी बेघाले खोस्न लगाए ।

दुई वटा काम रोकिएपछि सोमबार दुई पक्षबीच सामान्य विवाद भएको थियो । मंगलबार भने हात हालाहालको स्थिति बनेको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले दुई पक्षबीच विवाद भएको बताए । दुवै पक्षलाई नगर परिसरबाट हटाएपछि अवस्था सामान्य बनेको उनले बताए ।

सोमबार मेयरका समर्थकले उपमेयर बेघालाई हातपात गर्ने प्रयास गरेका थिए, मंगलबार साम्पाङको समूहले उपमेयरसँग श्रमदानका क्रममा खोसिएका सवारीको चाबी माग गरेको थियो । बेघाले चाबी छैन भनेपछि विवाद सुरु भएको थियो । हुलहुल्जत गरेपछि बेघाले पनि आफ्ना समर्थकलाई बोलाएका थिए ।

दुई पक्षबीच आरोप प्रत्यारोप चर्किएपछि झडप भएको थियो ।

मेयर पक्षधरले भने श्रमदानबाट काम भइरहेको स्थानमा उपमेयरले अनावश्यक अवरोध सिर्जना गरेको दाबी गरको छ । बेघा पक्षले भने श्रमदानमा सरकारी सम्पति दुरुपयोग हुन नदिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?