
News Summary
Generated by OK AI. Editorially reviewed.- एनसेलले ‘लिग अफ क्रिएटर्स’ अभियान सुरु गरी २७ असारमा ग्रान् फिनाले आयोजना गर्ने घोषणा गरेको छ।
- अभियान अन्तर्गत ५० उत्कृष्ट क्रिएटरलाई मेन्टरहरूले प्रशिक्षण दिने र पुरस्कारमा १० लाख रुपैयाँको ब्रान्ड डिल जित्ने अवसर रहेको छ।
- प्रतियोगितामा सहभागी क्रिएटरहरूलाई सञ्जोग कोइराला, प्रतिमा अधिकारी, पराक्रम राणा, एकता तन्डुकार र मिस्टर फुडी नेपालले मार्गदर्शन गर्नेछन्।
४ असार, काठमाडौं । एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा सुरु गरेको ‘लिग अफ क्रिएटर्स’ अभियान अन्तर्गत ७ र ८ असारमा मेन्टर वर्कसप आयोजना गर्दैछ । यो वर्कसपमा देशभरिबाट छानिएका उत्कृष्ट ५० जना क्रिएटरलाई मेन्टरहरूले विशेष प्रशिक्षण दिने एनसेलले जनाएको छ ।
कन्टेन्ट क्रिएसनमा लागेका युवा पुस्तालाई आकर्षण गर्ने उद्देश्य सहित एनसेलले सुरु गरेको यस अभियानको ग्रान् फिनाले २७ असारमा हुनेछ । प्रतियोगिता मार्फत सहभागीले आफ्नो पहिचान बनाउने मौका पाउनेछन् ।
उत्कृष्ट एक क्रिएटरले पुरस्कारका रूपमा एनसेलसँग १० लाख रुपैयाँ बराबरको एक वर्षको ब्रान्ड डिल जित्ने मौका पाउने छन् । अभियान सञ्चालनको तालिका अनुसार लिग अफ क्रिएटर्सका पाँच मेन्टरले छानेका उत्कृष्ट ५० जनालाई मेन्टरसिप दिन तयारी गरिरहेका छन् ।
सहभागी प्रतियोगीलाई चर्चित क्रिएटर तथा यो अभियानका मेन्टर सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फुडी नेपाल, पराक्रम राणा र एकता तन्डुकारले मार्गदर्शन गर्नेछन् । मेन्टर वर्कसपका बेला उनीहरूले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीति र अधिकतम प्रभावका लागि उपयुक्त व्यवहार लगायत बारे प्रशिक्षण दिनेछन् ।
पराक्रम राणा
फेसन, कथा लेखन र सामाजिक अभियान मार्फत आफूलाई अभिव्यक्त गर्दै आएका पराक्रम राणा भारत र नेपालको विभिन्न सांस्कृतिक पृष्ठभूमिमाझ हुर्किएका डिजिटल क्रिएटर हुन् । सन् २०२० मा काठमाडौं फर्किएपछि आफ्नो पहिचान, संस्कृति र परिवारसँगै नेपालको एलजीबीटीक्यू समुदायका सवाल उठाउँदै व्यक्तिगत र समसामयिक कथा सामाजिक सञ्जालमा प्रस्तुत गर्न थालेका हुन् ।
आफ्नै कन्टेन्ट मार्फत टिकटक, इन्स्टाग्राम र युट्युबमा लोकप्रिय रहेका उनी कतिपय अन्तर्राष्ट्रिय फोरममा नेपाललाई प्रतिनिधित्व गर्नुका साथै प्रधानमन्त्रीसँग एलजीबीटीक्यू अधिकारबारे प्रश्न उठाइसकेका छन् ।
‘लिग अफ क्रिएटर्समा मेन्टरका रूपमा पराक्रमले ५० मध्ये १० क्रिएटरलाई मेन्टर वर्कसपमा मार्गदर्शन प्रदान गर्नेछन् । लिग अफ क्रिएटर्समा देखिने जोस र सिर्जनात्मकता नेपालको हरेक कुनामा पुर्याउने शक्तिशाली माध्यम भएको उनको भनाइ छ ।
प्रतिमा अधिकारी
प्रतिमा अधिकारी नेपालकी एक अग्रणी प्रविधि समिक्षक (टेक रिभ्युअर) हुन् । उनी यस लिग अफ क्रिएटर्सको पाँच मेन्टरमध्ये एक हुन् । ३ सयभन्दा बढी स्मार्टफोन, मोनिटर र डिजिटल उपकरणको गहिरो समीक्षा लेखिसकेकी उनी ग्याजेटबाइट नेपालकी सीईओ समेत हुन् । नेपाली बजारका फ्ल्यागसिप फोनदेखि क्यामरा र ल्यापटपसम्मका उत्पादन परीक्षण गरेर दर्शकलाई स्पष्ट र सूचनामूलक समीक्षा दिने भएका कारण प्रविधिप्रेमी माझ अधिकारी लोकप्रिय छिन् ।
प्रतिमाको समीक्षा प्रयोगकर्ता अनुभव र मूल्यांकन दुवैमा केन्द्रित हुने गर्दछ । अधिकारीका अनुसार डिजिटल क्रिएसनमा सफल हुन केवल प्रविधिमा दक्षता होइन, दर्शकको आँखामा परिणत हुने, कथा बुन्ने कला पनि चाहिन्छ ।
एकता तन्डुकार
नेपालको सौन्दर्य र स्किन केयर जगतमा प्रख्यात एकता तन्डुकारले इन्स्टाग्राम र टिकटक मार्फत होलिस्टिक सौन्दर्य शिक्षा लोकप्रिय बनाएकी छिन् । जिना एलकेमीकी सहसंस्थापक एकताले आफ्नो कन्टेन्टमा सौन्दर्य, कपाल र फिटनेसलाई एकीकृत गर्दै आएकी छिन् । तन्डुकारका अनुसार ट्रेन्डहरूलाई आत्मसात गर्दै गर्दा आफ्नो ब्रान्डको मौलिकता कहिल्यै त्याग्नु हुँदैन ।
एनसेल लिग अफ क्रिएटर्सका मेन्टरको हैसियतले उनले पनि ५० मध्ये चयन भएका १० आवेदक तथा क्रिएटरलाई विशेषे मेन्टरसिप प्रदान गर्नेछिन् । सामाजिक सञ्जालका ट्रेन्ड र ब्रान्डिङका उपाय, प्रभावकारी भिजुअल र संवादात्मक सामग्री विकास मापदण्ड लगायतका कुरा उनले सिकाउने छिन् ।
मिस्टर फुडी नेपाल
मिस्टर फुडी नेपाल नेपालका चर्चित फुड कन्टेन्ट क्रिएटर हुन् । स्ट्रिट फुड र स्थानीय रेस्टुरेन्टहरू खोज्दै त्यसको स्वाद र अनुभव कथात्मक शैलीमा पस्कँदै कन्टेन्टलाई रोचक बनाउँदै आएका छन् । नेपाली परिकार र नयाँ खाने ठाउँहरूलाई उजागर गर्दै आएका मिस्टर फुडीको कामले साना व्यवसायहरूलाई ठूलो मद्दत पुगेको छ ।
सामग्री सिर्जनाको वास्तविक इन्धन जोस हुनपर्ने उनको मान्यता छ । एनसेलको लिग अफ क्रिएटर्स प्रतियोगितामा पनि उनले मेन्टरका रूपमा दृश्य र शब्द समन्वय, आकर्षक प्रिजेन्टेसन र सन्देश स्पष्ट रूपमा दिने तरिका लगायत बारे प्रशिक्षण दिनेछन् ।
सञ्जोग कोइराला
आइडियाप्रेनर नेपालका संस्थापक सञ्जोगग कोइरालाले वित्तीय शिक्षा, लगानी, बजेटिङ र वित्तीय योजनाजस्ता जटिल विषयलाई सरल, व्यावहारिक र सबैका लागि पहुँचयोग्य बनाउने अभियानमा काम गर्दै आएका छन् ।
उनका भिडियो, कोर्स र प्रत्यक्ष सत्रहरूले लाखौं युवालाई आत्मविश्वास साथ आर्थिक निर्णय लिन प्रेरित गरेको छ । वित्तीय साक्षरता र व्यक्तिगत स्वतन्त्रता राष्ट्रिय प्रगतिका लागि आधारभूत अधिकार भएको उनको भनाइ छ । अन्य मेन्टरले जस्तै उनले पनि ५० मध्ये १० जना लिग अफ क्रिएटर्सका छानिएका क्रिएटरलाई सामग्री निर्माण र यससँग सम्बन्धित सिप लगायत बारे प्रशिक्षण दिनेछन् ।
प्रतिक्रिया 4