+

नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जित्यो

२०८२ असार  ५ गते १९:२४ २०८२ असार ५ गते १९:२४
नेदरल्याण्ड्सविरुद्ध नेपालले टस जित्यो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेलमा टस जित्यो।
  • कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरे।
  • नेपालले यसअघि नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा हार बेहोरेको थियो।

५ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई सिरिज अन्तर्गत नेदरल्याण्ड्स विरुद्धको खेलमा नेपालले टस जितेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गर्दै डच टोलीलाई ब्याटिङको निम्तो दिएका छन् ।

नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो । उक्त खेल नेपालको १००औं टी-२०आई खेल पनि थियो ।

नेपालले त्यसपछि स्कटल्याण्डमाथि भने २ विकेटको जित निकालेको थियो । उक्त ‘लो स्कोरिङ’ खेल पनि अन्तिम ओभरको पाँचौं बलसम्मै पुगेको थियो ।

नेदरल्याण्ड्सले भने यस शृंखलामा दुई जित निकालेको छ । आइतबार घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएपनि नेपाललाई हराएपछि बुधबार स्कटल्याण्डलाई हराएको थियो ।

टी२०आई सिरिज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय