
५ असार, काठमाडौं । नेपालका लागि भेस्पा र अप्रिलिया स्कुटरको आधिकारिक विक्रेता डेल्टा अटोकर्प प्रालिले मनसुन लक्षित गरी ‘मनसुनमा फाइभ एक्स (पाँच गुणा) मज्जा !!’ विशेष अफर सार्वजनिक गरेको छ ।
यस अफर अन्तर्गत ग्राहकले भेस्पा वा अप्रिलिया स्कुटर खरिद गर्दा नगद छुट, आकर्षक उपहार तथा सहभागी मात्र भएर समेत क्यासब्याक जित्ने अवसर प्राप्त सक्नेछन् ।
यस अफरमा ग्राहकले आधिकारिक वेबसाइटमा रजिस्ट्रेसन गर्दा १० हजारसम्मको क्यास ब्याक पाउन सक्छन् । साथै, स्कुटर खरिदमा ७५ हजारसम्मको नगद छुट तथा आर्थिक वर्ष २०८१÷२०८२ र २०८२÷२०८३ को सवारी कर छुट, हालसम्मकै न्यूनतम ब्याजदर ४.९९५ प्रतिशतमा फाइनान्स सुविधा तथा सहज एक्स्चेन्ज सुविधा पनि उपलब्ध छ । यसका साथै उपहार स्वरूप प्रत्येक खरिदमा ब्रान्डेड हेल्मेट, रेनकोट र स्कुटर कभर पनि प्राप्त गर्नेछन् ।
भेस्पा र अप्रिलिया नेपालद्वारा प्रस्तुत यो अफर नेपालभरिका सबै अधिकृत शोरुममा लागु हुनेछ । ग्राहक सन्तुष्टि प्राथमिकता दिँदै गुणस्तरीय सवारीसाधन र आकर्षक योजना निरन्तर ल्याइरहेको कम्पनीले जनाएको छ ।
यो अफर सीमित अवधिका लागिमात्र लागु हुने भएकाले भेस्पा र अप्रिलिया किन्ने सोचमा रहेका ग्राहकले नजिकको शोरुम गई जानकारी लिन वा वेबसाइटमा रजिस्टर गर्न सक्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया 4