+

त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

२०८२ असार  ६ गते ७:२९ २०८२ असार ६ गते ७:२९
त्रिदेशीय टी-२०आई शृंखला : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल र स्कटल्याण्डबीच आज ग्लासग्लोमा टी-२०आई शृंखलाको अन्तिम खेल हुँदैछ।
  • नेपालले हालसम्म दुई खेल जित्दा स्कटल्याण्डले एक खेल जितेको छ।
  • नेपालले टी-२० फर्म्याटमा पहिलो खेल जितेको थियो र यस खेलले शृंखलाको अन्त्यमा जित्न चाहन्छ।

६ असार, काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा आज नेपाल र स्कटल्याण्ड खेल्दै छन् । खेल ग्लासग्लोमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

यस शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक खेल मात्र जितेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

नेपालले भने ठीक विपरित पहिलो खेलमा हार बेहोरेपछि दुई जित निकालेको छ । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको छ ।

नेपालले स्कटल्याण्डसँग टी-२० फर्म्याटमा २ पटक मात्र खेलेको छ जहाँ १ जित र १ हारको नतिजा छ । टी-२०आईमा भने मंगलबारको खेल नै पहिलो थियो जहाँ नेपाल विजयी भएको थियो ।

यसअघि लिग २ को एकदिवसीय शृंखलामा पनि नेपालले ४ मध्ये ३ जित निकालेको थियो । टी-२०आई शृंखलामा पनि नेपाल जितका साथ अन्त्य गर्न चाहनेछ ।

त्रिदेशीय टी-२०आई शृंखला नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय