+
+
Shares

सम्बन्धित मन्त्रीको अनुपस्थितिमै बजेट छलफल, सत्तारुढ दलकै सांसदले उठाए प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १२:२६
सभामुख देवराज घिमिरे

६ असार, काठमाडौं । सम्बन्धित मन्त्रीको अनुपस्थितिमै बजेटको मन्त्रालयगत छलफल अघि बढेको छ । यसप्रति सत्तारुढ दलकै सांसदले प्रश्न उठाएका छन् ।

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले नै सदनमा मन्त्री अनुपस्थित भएको भनेर प्रश्न उठाएका हुन् ।

सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् ।

कांग्रेस सांसद खतिवडाले संस्कृतिमन्त्री र युवा तथा खेलकुदमन्त्री अनुपस्थित रहेको भनेर प्रश्न उठाए । त्यसपछि बजेटमाथि बोल्न रोष्ट्रम पुगेका अर्का सांसद अमरेश कुमार सिंहले महिला बालबालिकामन्त्री पनि अनुपस्थित रहेको जानकारी गराए ।

सभामुख घिमिरेले त्यसप्रति ध्यानाकर्षण भएको भनेर बस्न आग्रह गर्दा कांग्रेस सांसद खतिवडाले ‘मन्त्रीको उपस्थिति छैन के बस्नु ?’ भनेर जवाफ दिएका थिए ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई हेपेको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?