
News Summary
Generated by OK AI. Editorially reviewed.- राजावादीले गरेको आन्दोलनमा गोली लागेर घाइते रेबिका खत्रीले सहयोगी राखेर परीक्षा दिएकी छिन्।
- दुई दिनअघि अस्पतालबाट डिस्चार्ज भए पनि घरबाट परीक्षा दिन नपाउने भएपछि उनी पुनः अस्पताल आएकी थिइन् ।
- १५ चैतमा कोठामा जाँदै गर्दा राजावादी आन्दोलनमा प्रहरीले चलाएको गोली उनको खुट्टामा लागेको थियो ।
६ असार, काठमाडौं । राजावादी आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएकी रेबिका खत्रीले सहयोगी राखेर परीक्षा दिएकी छिन् ।
बीबीएस तेस्रो वर्षमा अध्ययनरत रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो ।
सिभिल अस्पताल नयाँ बानेश्वरबाट रेबिकाले सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जानकारी दिए ।
१५ चैतमा कोठामा जाँदै गर्दा राजावादी आन्दोलनमा प्रहरीले चलाएको गोली उनको खुट्टामा लागेको थियो । त्यसयता उनी अस्पतालमा उपचारमा थिइन् ।
दुई दिनअघि अस्पतालबाट डिस्चार्ज भए पनि घरबाट परीक्षा दिन नपाउने भएपछि उनी पुनः अस्पताल आएकी थिइन् । उनले आज बिहान ९ बजेदेखि सुरु भएको परीक्षा अस्पतालबाट दिएको एसपी बोहराले जानकारी दिए ।
परीक्षा दिन आफू तयार रहेको भन्दै रेबिकाले प्रहरीलाई बताएकी थिइन् । त्यसपछि त्रिवि र सीडीओ कार्यालयको छलफलपछि सहयोगी राखेर परीक्षा दिने व्यवस्था मिलाइएको हो ।
बीबीएस तेस्रो वर्षको परीक्षा आजबाट सुरु भएको छ ।
प्रतिक्रिया 4