+

मन्सेको अर्धशतकमा नेपाललाई स्कटल्याण्डको बलियो लक्ष्य

२०८२ असार  ६ गते २१:२१ २०८२ असार ६ गते २१:२१
मन्सेको अर्धशतकमा नेपाललाई स्कटल्याण्डको बलियो लक्ष्य

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्कटल्याण्डले १९३ रन बनाउँदै नेपाललाई १९४ रनको लक्ष्य दिएको छ।
  • जर्ज मन्सेले ७८ रन बनाएर महत्वपूर्ण भूमिका खेले।
  • नेपालले दुई खेल जित्दा स्कटल्याण्डले एक खेल जितेको छ।

६ असार, काठमाडौं । जर्ज मन्सेको आक्रामक अर्धशतकमा  त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई बलियो लक्ष्य दिएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाउँदै नेपाललाई १९४ रनको लक्ष्य दिएको हो ।

ओपनर जर्ज मन्सेले ३९ बलमा ५ चौका र ६ छक्काको मद्दतले ७८ रन बनाए । त्यस्तै ब्रान्डन म्याकमुलेनले ४२ रन बनाए । माइकल लिस्क २६ तथा म्याथ्यु क्रस १७ रनमा अविजित रहे ।

मन्से र म्याकमुलेनले मिलेर दोस्रो विकेटका लागि १०० रनको साझेदारी गरेका थिए । ३४-१ बाट १३४-२ को अवस्थामा रहेको भएपनि नेपालले त्यसपछि ११ रनको अन्तरमा ३ विकेट लिएपछि स्कटल्याण्ड १४५-५ को अवस्थामा पुगेको थियो ।

त्यहाँबाट लिस्क र क्रसले ४८ रनको अविजित साझेदारी गरे ।

नेपालका कुशल भुर्तेलले २ ओभरमा २० रन दिएर २ विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले १-१ विकेट लिए ।

यस शृंखलामा हालसम्म नेपालले २ खेल जित्दा स्कटल्याण्डले एक खेल मात्र जितेको छ । पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।

नेपालले भने ठीक विपरित पहिलो खेलमा हार बेहोरेपछि दुई जित निकालेको छ । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको छ ।

त्रिदेशीय टी-२०आई शृंखला नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय