+

हेटौंडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ हुँदै

२०८२ असार  ६ गते १८:०५ २०८२ असार ६ गते १८:०५

हेटौंडामा शनिबारदेखि राष्ट्रिय महिला भलिबल र राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता आयोजना हुँदैछ ।

हेटौंडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ हुँदै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्पोर्टस् सेन्टर नेकोसले हेटौंडामा राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ।
  • प्रतियोगितामा ६ महिला भलिबल टोली र १५० जना स्केटर सहभागी हुनेछन्, पुरस्कार रकम समेत निर्धारण गरिएको छ।
  • दुबै प्रतियोगिताको तयारी पूरा भएको र लगभग ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

६ असार, काठमाडौं । नेपाल स्पोर्टस् सेन्टर नेकोसले राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

हेटौंडामा शुक्रबार पत्रकार सम्मेलन गरी नेकोसले शनिबारदेखि बृहत नेकोस खेलकुद महोत्सव अन्तर्गत बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय महिला भलिबल र राष्ट्रिय रोलर स्केटिङ प्रतियोगिता आयोजना गर्न लागेको जनाएको हो ।

नेकोसका अध्यक्ष अनिलकुमार रिजालले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । भलिबल प्रतियोगितालाई नेपाल स्पोर्ट सेन्टरले र स्केटिङ प्रतियोगितालाई नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघले संयोजन गर्ने रिजालले बताए ।

रिजालका अनुसार लिग कप नकआउट अन्तर्गत भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यू डाइमण्ड युथ स्पोट्र्स क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका गरी ६ वटा महिला खेलाडी टोली सहभागी हुनेछन् ।

त्यस्तै, स्केटबोर्ड प्रतियोगितामा देशभरका १२ वर्षमुनिका महिला र पुरुष तथा १२ वर्षमाथिका महिला र पुरुष गरी ४ विधामा १५० जना खेलाडीको सहभागिता रहनेछ ।

महिला भलिबल प्रतियोगितामा प्रथम पुरस्कार नगद ५ लाख, द्वितीय ३ लाख, तृतीय १ लाख, सान्त्वना ५१ हजार राखिएको छ । त्यस्तै, प्रत्येक खेल विधामा नगद ५ हजार प्रदान गरिनेछ ।

स्केटबोर्ड प्रतियोगितामा प्रथम पुरस्कार १० हजार, द्वितीय ५ हजार र तृतीय ३ हजार रहेको छ । अध्यक्ष रिजालका अनुसार दुवै प्रतियोगितामा करिब ८० लाख खर्च हुने अनुमान गरिएको छ ।

 

अनिलकुमार रिजाल नेपाल स्पोर्टस् सेन्टर नेकोस स्केटिङ प्रतियोगिता
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय