+
+
Shares

सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा ३ जनाको मृत्यु

आज साँझ सवा ५ बजेतिर सिरहा नगरपालिका–१८ लक्षमिनिया स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ गइरहेको साइकल सन्हैठा नजिक एक आपसमा ठोकिँएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ६ गते १९:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भयो।
  • दुर्घटना सन्हैठामा साढे पाँच बजेतिर भएको थियो।
  • प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ।

६ असार, जनकपुरधाम । सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

आज साँझ सवा ५ बजेतिर सिरहा नगरपालिका–१८ लक्षमिनिया स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ गइरहेको साइकल सन्हैठा नजिक एक आपसमा ठोकिँएको हो ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर–१२ का २९ वर्षीय नरेश मुखिया, पछाडि सवार कल्याणपुर नगरपालिका २ चतरीका २८ वर्षीय प्रदीप मुखिया र साइकल यात्री सिरहा नगरपालिका–२ का ६५ वर्षीय कुसे राय रहेका छन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनामा तीनैजना गम्भीर घाइते भएका थिए ।

उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएकोमा तीनैजनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?