
विनयी खोला डाइभर्सन
News Summary
Generated by OK AI. Editorially reviewed.- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन वर्षाले बगाएकोले अनिश्चितकालका लागि बन्द भएको छ।
- जिल्ला प्रशासन कार्यालय नवलपरासी -बर्दघाट सुस्ता पूर्वको बैठकले सडक मर्मतको काम सकिएपछि मात्रै यातायात सञ्चालन गर्ने निर्णय गरेको छ।
- सडकखण्डमा ठूला गाडी पूर्णरुपमा निषेध गरिएको र अन्य गाडी राति ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेध गरिएको छ।
७ असार, काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ-बुटवल सडकखण्ड अनिश्चितकालका लागि बन्द भएको छ ।
उक्त सडकखण्डको दुम्कीबासस्थित विनयी खोलाको डाइभर्सन वर्षाले बगाएकोले त्यहाँ नयाँ पुल नबन्दासम्मका लागि सडक बन्द गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय नवलपरासी -बर्दघाट सुस्ता पूर्व_को बैठकले सडक मर्मतको काम भइरहेकोले काम सम्पन्न भएपछि मात्रै यातायात सञ्चालन गर्ने निर्णय गरेको हो ।
यो सडकखण्डमा ठूला गाडीलाई पूर्णरुपमा निषेध गरिएको छ भने अन्य गाडीलाई राति ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि निषेध गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4