
७ असार, काठमाडौं । संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले उभिएर विरोध गरेका छन् ।
आफूहरुको आवाज नसुनेर सभामुखले सदनको कामकारबाही अगाडि बढाएको भन्दै उनीहरूले विरोध गर्दै आएका छन् ।
बैठक सुरु भए लगत्तै रास्वपा र राप्रपाका सांसदहरूले अवरोध गरेका थिए ।
रास्वपाकी सांसद सुमना श्रेष्ठले आफूहरूले बेचिएका नागरिकको आवाज उठाएको बताइन् ।
राप्रपाकी सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग राखिन् ।
रास्वपा र राप्रपाका सांसदलाई आफ्नो कुरा राख्न दिएर सभामुखले सदनको कामकारबाही अगाडि बढाए । त्यसपछि विरोधमा रास्वपाका सांसदहरूले उभिएर वेल घेराउ गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4