+
+
Shares

निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १३:४८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको कालिगण्डकी करिडोर निरन्तर पहिरोका कारण अवरुद्ध छ।
  • सडक खुलाउने काम भइरहे पनि निरन्तर पहिरो झरिरहेकाले समस्या भएको प्रहरीले बताएको छ।
  • सडक पूर्णरूपमा सञ्चालनमा नआएपछि जिल्लाका विभिन्न स्थान र छिमेकी जिल्लासँगको सम्पर्क अवरुद्ध छ।

७ असार, गुल्मी । निरन्तर पहिरोले कालिगण्डकी करिडोर अवरुद्ध भएको छ ।

शुक्रबारदेखि जिल्लाको कालिगण्डकी गाउँपालिका वडानम्बर– २ गरगरेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट पहिरो आई २४ घण्टादेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी ) गंगाबहादुर सारुले बताए ।

बाटो खुलाउने काम भइरहे पनि निरन्तर ढुंगा सहितको पहिरो झरिरहेकाले समस्या भइरहेको सारुले बताए । चट्टानसहितको पहिरो खसेकाले समय लाग्ने उनले बताए ।

पहिरोले करिडोरका विभिन्न ठाउँमा पहिरोले समस्या निम्त्याएको छ । सडक अवरुद्ध हुँदा जिल्लाको पुर्तिघाट, छिमेकी जिल्ला बागलुङ, स्याङ्जासँगै पोखरा पुग्ने सवारीसाधन गन्तव्यमा पुग्न सकेका छैनन् ।

त्यस्तै ४ दिन अघि कागण्डकी गाउँपालिका–६ बरम्बा स्थित कालिगण्डकी करिडोर सडकको गुल्मी खण्ड अवरुद्ध भएको थियो ।

अवरुद्ध सडक मंगलबार मात्रै एकतर्फी खुलेको थियोे । हालसम्म पनि सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?