+
+
Shares

बागमतीको बजेटमा मुख्यमन्त्रीकै असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ७ गते १६:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको बजेटलाई असन्तुष्टि व्यक्त गरे।
  • उहाँले १९ हजार योजनाको कार्यान्वयनमा समस्या र बजेट छरिएर प्रभावकारी नहुने बताए।
  • उहाँले योजनाको प्राथमिकीकरण र विपद् व्यवस्थापनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।

७ असार, काभ्रेपलाञ्चोक । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नै नेतृत्वमा आएको बजेटमाथि असन्तुष्टि व्यक्त गरेका छन् ।

आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेटमाथि असन्तुष्टि जनाउँदै उनले धरैतिर छरिएको टिप्पणी गरे ।

शनिबार काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले बजेट छरिँदा कतैपनि प्रभावकारी काम हुन नसकेको स्वीकार गरे ।

मुख्यमन्त्री लामाले १९ हजार योजना भएको र त्यो धेरै तिर छरिँदा कार्यान्वयनमा समस्या हुने बताए ।

‘यस्तो बजेट पर्‍यो की यस्तो बजेटमा विकास हुन सक्दैन भनेर भनेको थिए, हामीसँग १९ हजार योजना भएपछि यसलाई कसरी कार्यान्वयन गर्ने चिन्ता भयो,’ मुखयमन्त्री लामाले भने, ‘यति धेरै योजना भयो की, ती योजनाहरु कहाँ पुगेर टुंगिन्छ, योजना पनि कता हो कता भयो ।’

आफू अर्थमन्त्री हुँदा धेरै योजना नपुर्‍याउँ भनेर १३ हजारमा झारेको उनले स्मरण गरे । यो पटक १२ हजार योजनामा सिमित गरौं भनेको १९ हजार योजना पुगेको उनको भनाइ थियो ।

‘पहिले नै फोहोर भइसकेका कारण सफा गर्न गह्रो भएको थियो । अहिले जसरी सफा गर्नुपर्थ्यो त्यो सकिएन,’ उनले भने ।

योजनाको प्राथमिकीकरण गर्न नसकेको उनको जिकिर छ । योजनालाई प्राथमिकीकरण गर्न नसकेको, अध्ययन गरेर कहाँ कसरी र कति बजेट राख्ने भन्ने हुन नसकेको उनको भनाइ थियो ।

‘एउटा व्यक्तिले मेरो र म जाने ठाउँमा मात्र बजेट हाल्न केन्द्रित भए वासस्तविक ठाउँमा बजेट परेन,’ उनले भने, ‘अब जहाँ सडकमा बजेट परेन, ओहोर दोहोर गर्ने पुलमा बजेट परेन त्यस्ता छुटेका ठाउँमा विपद् व्यवस्थापन मार्फत बजेट राख्नेछौं ।’

छुटेका योजना सबै मिलेर आगामी दिनमा कार्यान्वयन गर्ने उनले बताए ।

विपद्‌बाट प्रभावित काभ्रे जिल्लाको निरीक्षणमा आउँदा बजेटबाट धेरै सम्बोधन गर्ने बताएका मुख्यमन्त्रीले नीति तथा कार्यक्रममा विपद् क्षेत्रलाई प्राथमिकता नदिएपछि काभ्रेमा आलोचना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?