+
+
Shares

कांग्रेस–एमालेका सांसद बोल्न थालेपछि संसद्‍बाट बाहिरियो रास्वपा

प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरू बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कांग्रेस-एमालेका सांसदहरूले प्रतिनिधिसभामा बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू सभाकक्षबाट बाहिरिएका छन्।
  • रास्वपाका सांसदहरूले भिजिट भिसा प्रकरणको छानबिनको माग गरेका छन्।
  • संसद्‍मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले कामकारबाही जारी राखेका छन्।

८ असार, काठमाडौं । प्रतिनिधिसभामा सत्तापक्षका सांसदहरू बोल्न थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू सभाकक्षबाट बाहिरिएका छन् ।

प्रतिपक्षी दलका सांसदहरू बोल्दा वेलमा उभिएर सुनेका उनीहरू कांग्रेस–एमालेका सांसद बोल्ने पालो आएपछि बाहिरिएका हुन् ।

शनिबार पनि रास्वपाले यस्तै गरेको थियो । रास्वपाका प्रवक्ता मनिष झा सत्तापक्षमा रहेको दुई तिहाइको दम्भ नसुन्न बहिष्कार गरेको बताउँछन् ।

रास्वपा भिजिट भिसा प्रकरणमा छानबिनको माग राखेर २६ दिनदेखि आन्दोलनमा छ । तर, संसद्‍मा उनीहरूको अवरोधलाई वेवास्ता गर्दै सभामुखले संसद्को कामकारबाही चलाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?