+
+
Shares

बेलबारी मालपोतको बायोमेट्रिक सिस्टम नचल्दा जग्गा नामसारी काम रोकियो

कार्यालयका सूचना अधिकारी तिलक खत्रीले ३–४ दिनदेखि मालपोतको बायोमेट्रिकमा समस्या रहेको बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १६:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मालपोत कार्यालय बेलबारीको बायोमेट्रीक मेसिनमा समस्या देखिएपछि सेवाग्राहीलाई समस्या भएको छ।
  • कार्यालयका सूचना अधिकारी तिलक खत्रीले ३–४ दिनदेखि समस्या रहेको बताए।
  • बायोमेट्रिक समस्या अन्य कार्यालयहरूमा पनि देखिएको र काम प्रभावित भएको हो।

८ असार, विराटनगर । मालपोत कार्यालयको सिस्टममा समस्या देखिएपछि सेवाग्राहीले सास्ती पाएका छन् । मालपोत कार्यालय बेलबारीको बायोमेट्रीकमा समस्या आएको हो ।

कार्यालयका सूचना अधिकारी तिलक खत्रीले ३–४ दिनदेखि मालपोतको बायोमेट्रिकमा समस्या रहेको बताए ।

उनका अनुसार औठाछाप लगाउने मेसिनमा समस्या भएका कारण जग्गा नामसारी दृष्टिबन्धक लगायत काम रोकिएको हो ।

‘यो समस्या हाम्रो मात्रै होइन, अन्य कार्यालयमा पनि छ,’ उनले भने,‘ समस्या आएपछि सेवाग्राहीलाई सोधीखोजी गरेर पठाइरहेका छौं।’

उनका अनुसार बायोमेट्रिक बाहेकको अवस्थामा हुने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?