+
+
Shares

धनगढीमा कटुवा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

आइतबार साढे चार बजेतिर धनगढी उपमहानगरपालिका–१२ को पटरीघाटस्थित नेपाल–भारत सिमाना क्षेत्रमा अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टोलीले पेस्तोलसहित दुई भारतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ८ गते १८:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रहरीले असार ८ मा धनगढी सिमानाबाट भारतीय नागरिक दुईजनालाई पेस्तोलसहित पक्राउ गर्यो।
  • प्रहरीले पक्राउ पर्ने भारतीय नागरिकहरू भारतको उत्तर प्रदेशका सौरभ सिंह र विपिन कुमार भएको बताए।
  • उनीहरूबाट एक राउन्ड गोली समेत बरामद गरिएको छ।

८ असार, धनगढी। कैलालीको नेपाल–भारत सिमाना क्षेत्रबाट नेपाली प्रहरीले कटुवा पेस्तोलसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

आइतबार साढे चार बजेतिर धनगढी उपमहानगरपालिका–१२ को पटरीघाटस्थित नेपाल–भारत सिमाना क्षेत्रमा अस्थायी प्रहरी पोष्ट जुगेडा र जिल्ला प्रहरी कार्यालयको आपराध अनुसन्धान समूहबाट खटिएको टोलीले पेस्तोलसहित दुई भारतीयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशको लखिमपुर जिल्लाको बेलावर्सी बस्ने २४ वर्षीय सौरभ सिंह र २० वर्षीय विपिन कुमार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले बताए।

उनका अनुसार पेस्तोलमा लाग्ने एक राउन्ड गोली पनि बरामद गरिएको छ ।

दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?