+

खेलकुदमन्त्री चौधरीद्वारा टीयू क्रिकेट मैदानको निरीक्षण

२०८२ असार  ९ गते १५:४९ २०८२ असार ९ गते १५:४९
खेलकुदमन्त्री चौधरीद्वारा टीयू क्रिकेट मैदानको निरीक्षण

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्री तेजुलाल चौधरीले कीर्तिपुर क्रिकेट मैदानको निरीक्षण गरे।
  • प्यारापिट र फ्लडलाइट जडानको काम असार मसान्तभित्रै सम्पन्न हुने योजना छ।
  • कामको लागि ४३ करोड ७७ लाखको बजेट स्वीकृत भएको छ।

९ असार, काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानको सोमबार निरीक्षण गरेका छन् ।

कीर्तिपुर क्रिकेट मैदानमा हाल प्यारापिट निर्माण र फ्लडलाइट जडान सम्बन्धी काम भइरहेको छ । सोको प्रगति बुझ्न मन्त्री चौधरी कीर्तिपुर गएका हुन् ।

त्यस अवसरमा मन्त्री चौधरीले निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए ।

गएको फागुन २० देखि अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माणको काम सुरु गरिएको हो । आगामी वैशाख अन्तिम सातासम्म काम सक्ने गरी काम भइरहेको छ । त्यसका लागि आवश्यकता अनुसार सिफ्टहरू पनि बनाइएको छ ।

प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाखको बोलपत्र स्वीकृत भएको छ । प्यारापिट निर्माणको ठेक्का काठमाडौंको टङ्गालमा रहेको BKOI-KCDC-BG जेभीले पाएको छ ।

त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको हो ।

प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम असार मसान्तभित्रै सक्ने गरी काम भइरहेको छ ।

टियू क्रिकेट मैदान तेजुलाल चौधरी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय