News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली टोलीको घोषणा मुख्य प्रशिक्षक याम गुरुङले सोमबार गरे।
- नेपालले ११ जुलाईदेखि भुटानसँग पहिलो खेल खेल्नेछ।
- प्रतियोगिता डबल राउन्ड रोबिन लिग प्रणालीमा हुनेछ।
९ असार, काठमाडौं । बंगलादेशमा आउँदो जुलाइ ११ देखि सुरु हुने साफ यू-२० महिला च्याम्पियनसिप २०२५ का लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक याम प्रसाद गुरुङले सोमबार अन्तिम टोलीको घोषणा गरेका हुन् ।
टोलीमा लीला जोशी, करुण बुढाथोकी, सुजाता तामाङ, सरिता कुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बु पन्धाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सिता रोकाया, कविता गुरुङ, सुशीला के.सी., अस्मिता गुरुङ, बिर्सना चौधरी, सेनु परियार, कुसुम खतिवडा, शुक्रिया मियाँ, मनिषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर छन् ।
चार राष्ट्र मात्र सहभागी प्रतियोगिता डबल राउन्ड रोबिन लिगमा खेलाइनेछ जहाँ पहिलो खेलमा नेपालले भुटानसँग ११ जुलाइमा खेल्नेछ ।
दोस्रो खेलमा नेपालले १३ जुलाईमा बंगलादेशसँग, त्यसपछि नेपालले १५ र १७ जुलाईमा श्रीलंकासँग तथा १९ जुलाईमा भुटान र २१ जुलाईमा बंगलादेशसँग खेल्ने छ ।
अन्तिम खेल पछि सबैभन्दा धेरै अंक ल्याउने टोली च्याम्पियन बन्नेछ।
प्रतिक्रिया 4