+
+
WC Series
पोखरा एभेन्जर्स 2025
28/1 (4.2)
VS
९४ बलमा १३८ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

सशस्त्रको असई बनाइदिने भन्दै ५ लाख ठगेको आरोपमा एक जना पक्राउ

नागार्जुन रामकोटबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १० गते १८:१०

१० असार, काठमाडौं । सशस्त्र प्रहरी बलको सहायक निरीक्षक (असई) पदमा नाम निकालीदिन्छु भन्दै करिब पाँच लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१५ का ४७ वर्षीय सोम कौशिक क्षेत्री छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

असईको फारम भरेका एक व्यक्तिलाई नाम निकालीदिन्छु भन्दै ई–सेवा आईडी तथा विभिन्न बैंकको खतामा गरेर चार लाख ९१ हजार रुपैयाँ जम्मा गर्न लगाएको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

रकम लिएर सम्पर्कबिहिन भएपछि ती व्यक्ति आफू ठगिएको भन्दै प्रहरीमा पुगेका थिए ।

नागार्जुन रामकोटबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?