+
+
Shares

महत्वपूर्ण विधेयक टारिने हुन् कि भन्ने चिन्ताले सरकारसँग लचिलो भएको हुँ : प्रचण्ड

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारसँग दुई बुँदे सहमति गरेपछि प्रचण्डको आलोचना भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १३:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण विधेयक पारित गर्न सरकारसँग लचिलो भएको बताए।
  • प्रचण्डले संसदीय समितिहरूमा लामो छलफलपछि पुगेका विधेयक कार्यसूचीमा चढेर फर्किने गरेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
  • संघीय निजामति, विद्यालय शिक्षा, नागरिकता संशोधन, संघीय प्रहरी जस्ता ऐनहरू अत्यावश्यक भएकाले टार्न नहुने उनको भनाइ छ ।

११ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण विधेयक सदनबाट पारित हुन भनेर आफू सरकारसँग केही लचिलो भएको बताएका छन् ।

प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा प्रहरी सम्बन्धी कानुनुलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकको सैद्वान्तिक छलफलमा भाग लिँदै प्रचण्डले यस्तो बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारसँग दुई बुँदे सहमति गरेपछि प्रचण्डको आलोचना भएको थियो ।

‘सरकारसँग केही लचिलो भएर महत्वपूर्ण समझदारी कायम गरौं भन्नुको पछाडि महत्वपूर्ण विधेयकहरू पारित गर्ने सोच पनि हो,’ बैठकमा उनले भने, ‘संसदीय समितिमा लामो छलफल भएको हुन्छ, उपसमिति बनेको हुन्छ, त्यसले काम गरेर समितिले पातिर गरेर विधेयकहरू फूल हाउसमा पुर्‍याएँछ । तर, त्यहाँ कार्यसूचीमा चढेर पनि फर्किने र लामो समयसम्म रोकिने गरेका छन् ।’

संघीय निजामति, विद्यालय शिक्षा, नागरिकता संशोधन, संघीय प्रहरी जस्ता ऐन अत्यावश्यक भइसकेकाले त्यतिकै टारिने त होइन भन्ने लागेर पनि सरकारसँग लचिलो भएको स्पष्टीकरण दिए ।

‘त्यतिकै टारिने त होइन भन्ने लाग्ने गरेको छ । त्यसैले पनि लचिलो हुनु परेको छ,’ केही दिनअघि संसद्को कार्यसूचीमा चढेर फर्किएको संघीय निजामति विधेयकतर्फ संकेत गर्दै प्रचण्डले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?