+
+
Shares

एमाले सचिवालय बैठक सुरु, अध्यक्ष ओलीले तिरे लेबी

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १५:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठक ११ असार काठमाडौंमा सुरु भयो।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सदस्यता शुल्क तिरे।
  • बैठकमा विधान महाधिवेशन, संगठनिक गतिविधि र राजनीतिक विषयमा छलफल हुँदैछ।

११ असार, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसिरहेको छ ।

दिउँसो १ बजेका लागि तय भएको बैठक ३ बजेका लागि सारिएको थियो ।

बैठकमा विधान महाधिवेशनको पूर्वतयारी, पार्टीको साङ्गठनिक गतिविधि, समसामयिक राजनीतिक विषयलगायतका विषयमा छलफल हुने बताइएको छ ।

बैठकमा पुगेका प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको सदस्यता शुल्क र लेबी तिरेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार ओलीले पार्टीको केन्द्रीय कार्यालय,च्यासलको वित्त तथा कोष व्यवस्थापन विभागमा आफैै पुगेर आर्थिक दायित्व तिरेका हुन् ।

अध्यक्ष ओलीलाई केन्द्रीय कार्यलयका सचिव डा भीष्म अधिकारी र लेखा प्रमुख राजेन्द्र श्रेष्ठले रसिद बुझाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?