+
+
Shares

प्रधानमन्त्री भएबापत पार्टीलाई ओलीको मासिक २५ हजार

लेबी र सदस्यता शुल्कसहित ३ लाख ३ हजार ६ सय

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १६:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन्। उनले एक वर्षको लेबी ३ लाख ३ हजार ६ सय रुपैयाँ तिरे।
  • ओलीले मासिक २५ हजारको दरले लेबी र मासिक ३ सय रुपैयाँ सदस्यता शुल्क बुझाएका हुन्।
  • उहाँले पार्टीको सदस्यता र लेबी तिरेको सचिवालयले जनाएको छ।

११ असार, काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई लेबी बुझाएका छन् । उनले बुधबार पार्टी केन्द्रीय कार्यालयस्थित वित्त तथा कोष व्यवस्थापन विभागमा पुगेर पार्टीलाई लेबी बुझाएका हुन् ।

एमालेका नेता/कार्यकर्ताहरूले प्रत्येक वर्ष सदस्यता शुल्क र लेबी बुझाउनुपर्ने प्रावधान विधानमा छ । सोही अनुसार सांसदसहित लाभको पदमा नियुक्त भएकाहरूबाट पार्टीले लेबी उठाउने गरेको छ ।

सोही अनुसार प्रधानमन्त्री भएबापत ओलीले मासिक २५ हजारका दरले एक वर्षको लेबी बुझाएका हुन् ।

‘प्रधानमन्त्री भए बापत उहाँले मासिक २५ हजारका दरले लेबी बुझाउनुभयो,’ केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीले अनलाइनखबरसँग भने ।

साथै, उनले पार्टीको सदस्यता शुल्क पनि बुझाएका छन् । एमालेले मासिक ३ सय रुपैयाँ पार्टी सदस्यता शुल्क उठाउँदै आएको छ ।

सोही अनुसार, अध्यक्ष ओलीले पनि बुधबार पार्टी सदस्यता र लेबी तिरेको उनको सचिवालयले जनाएको छ ।

जस अनुसार उनले एक वर्षको ३ लाख ३ हजार ६ सय रकम बुझाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?