+
+
Shares

पूर्वराजादेखि ‘सिक्री हराएको मान्छे’सम्म : कमेडी नाइट विथ च्याम्पियन्समा ‘पोल्टिकल जोक्स’

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ११ गते १७:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘कमेडी नाइट विथ च्याम्पियन्स’ले पछिल्लो समय राजनीतिक टिप्पणी र ब्यंग्यलाई मुख्य विषय बनाएको छ।
  • शोले विभिन्न राजनीतिक व्यक्तित्व र मुद्दालाई व्यंग्यात्मक रुपमा प्रस्तुत गर्दै दर्शकको रुचि बढाएको छ।
  • यस कार्यक्रमले राजनीतिक पाहुनालाई कटाक्ष र हास्यका माध्यमबाट प्रस्तुत गर्दै विवाद र चर्चा सिर्जना गरेको छ।

काठमाडौं । पछिल्लो समय टिभीमा प्रसारण हुने कमेडी शो ‘राजनीतिक टिप्पणी र ब्यंग्य’मा आधारित हुन थालेका छन् । चाहे त्यो ‘कमेडी दरबार’ होस् वा चाहे ‘कमेडी नाइट विथ च्याम्पियन्स ।’

विशाल भण्डारी निर्देशित ‘कमेडी नाइट विथ च्याम्पियन्स’ गतसातादेखि नै चर्चामा छ । राष्ट्रिय स्वतन्त्र पार्टीका ४ सांसदलाई अतिथि बनाएर तयार पारिएको शोले एकैसाथ चर्चा र विवाद निम्तायो ।

भिन्न पार्टीका दर्शकले यसको आलोचना गरे भने, रास्वपासहित वैकल्पिक पार्टीमा आस्था राख्नेले यो शोको समर्थन गरे । जे भएपनि कमेडीमार्फत शोले दर्शकलाई ‘पोल्टिकल इन्टरटेनमेन्ट’ अवश्य दिएको छ ।

‘पोल्टिकल जोक्स’मा दर्शकले पनि रुचि राख्न थालेको देखिन्छ । यही शैलीलाई पछ्याउँदै यो कार्यक्रमले मंगलबार राप्रपाका एक सांसद, नेतृ र पार्टी निकट अधिवक्तालाई पाहुनाको रुपमा निम्तो गर्‍यो ।

सांसद ज्ञानबहादुर शाही, नेतृ खुस्बु ओली र अधिवक्ता स्वागत नेपाल पाहुना बनेर शोमा पुगेका थिए । सुरुदेखि अन्त्यसम्म यी पाहुनालाई कलाकारले कटाक्ष मात्र गरेनन्, आच्छुआच्छु बनाए ।

मंगलबार प्रसारित १३ औं एपिसोडको सुरुवात कैलाश कार्की र सुमन कार्कीको प्रस्तुतिसँगै भयो । उनीहरूले वैदेशिक रोजगारीमा गएका नेपालीको प्रवासी जीवनको यथार्थलाई भावुक र मर्मस्पर्शी रुपमा पेश गरे ।

त्यसपछि स्टेजमा उक्लिए प्रभात लामा जसले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकामा आफूलाई प्रस्तुत गरे । शाहको हाउभाउमा दुरुस्त उत्रिएका प्रभातले उनकै शैलीमा राजावादी पार्टी र नेतालाई ब्यंग्य गरे । राजावादी आन्दोलनदेखि नागरिकका चासोको कुरामा उनले कटाक्ष गरे ।

त्ससपछि देखिए पवन भट्टराई । उनले एक टिभी पत्रकारको शैलीमा ‘चुल्ठे अंकल’ बनेर स्टेजमा प्रस्तुति दिए । उनीसँगै भरतमणी पौड्यालले बाबुराम भट्टराईको क्यारिकेचर ‘जादुराम भट्टराई’को रुपमा आफूलाई प्रस्तुत गरे ।

सजन श्रेष्ठ तीनकुनेको राजावादी आन्दोलनमा सिक्री हराएर चर्चामा आएका व्यक्तिको भूमिकामा प्रस्तुत भए । ‘सिक्री हराएको मान्छे’को भूमिकामा चटपटे जोक्स र मजाक शैलीमा उनले पाहुनासँग रमाइलो गरे ।

अन्तिममा स्टेजमा आए सन्तोष थापा, ‘म झोले हो’ भन्दै । उनको भूमिकाले समाजका साधारण मानिसको हाँसो र पीडाको कथा एकै साथ सुनायो ।

‘कमेडी नाइट विथ च्याम्पियन्स’का पछिल्ला दुई एपिसोडमा लगातार राजनीतिक पाहुना देखिन थालेका छन् । अघिल्लो एपिसोडमा रास्वपाका ४ सांसद सुमना श्रेष्ठ, असिम शाह, निशा डाँगी र तोसिमा कार्की पुगेका थिए ।

यो शो हरेक मंगलबार राति ८ बजे हिमालय टिभीमा प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?