
शिक्षा समितिको बैठक । फाइल फोटो
News Summary
Generated by OK AI. Editorially reviewed.- विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न शिक्षा, स्वास्थ्य र सूचना प्रविधि समितिले बैठक बोलाएको छ।
- १५ असारभित्र विधेयक पास गर्नका लागि तयारी भइरहेको छ, तर सहमति जुट्न नसक्दा ढिलाइ भएको हो।
- बैठकले विवादित विषयमा टुंगो लगाउने र सहमति प्रयास गर्ने तयारी गरेको छ।
११ असार, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ ।
बिहीबार १ बजेका लागि बैठक बोलाइएको समिति सचिवालयले जनाएको छ ।
१५ असारभित्र विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी भएकाले बैठक बोलाइएको हो ।
निजी विद्यालयको सञ्चालन, ईसीडी र शिक्षक महासंघसँग भएको सहमति समावेश गर्ने विषयमा सहमति जुट्न नसक्दा बैठक बस्न ढिलाइ भएको हो ।
बिहीबारको समिति बैठकले विवादित विषयमा टुंगो लगाउने तयारी छ ।
परामर्श समन्वय उपसमितिले पनि विवादित विषयमा सहमति जुटाउने प्रयास गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4