+

हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक

२०८२ असार  ११ गते २१:०५ २०८२ असार ११ गते २१:०५
हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली हाप्किडो खेलाडीहरूले किर्गिस्तानको बिश्केकमा आयोजित अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा २ स्वर्ण र १ रजत पदक जिते।
  • कालीबहादुर घर्तीले भने, यसले नेपाली हाप्किडो खेलकुदको क्षमतालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रमाणित गरेको बताए।
  • समीर गुरुङ र राजेन्द्र तामाङले स्वर्ण पदक प्राप्त गरे भने, सरोज गुरुङले रजत पदक हासिल गरे।

११ असार, काठमाडौं । किर्गिस्तान हाप्किडो फेडेरेसन तथा ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा जुन २४ देखी २५ तारिखसम्म बिश्केक, किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ रजत पदक जितेका छन् ।

पुरुष ५५–५९ केजी तौलसमूहमा समीर गुरुङ र ६० केजी भन्दामाथि राजेन्द्र तामाङले स्वर्ण पदक प्राप्त गरेको नेपाल हाप्किडो मार्सल आर्ट्स संघका अध्यक्ष कालीबहादुर घर्तीले जनाएका छन् ।

पुरुष ५१–५५ केजीमा सरोज गुरुङले रजत पदक प्राप्त गरे ।

अध्यक्ष मगरले यो ऐतिहासिक जितले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली हाप्किडो खेलाडीको क्षमतालाई पुनः प्रमाणित गरेको बताए ।

हाप्किडो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय