+
+
Shares

बढ्यो सुनको भाउ, तोलाको कति ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको अनुसार, बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेर १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भयो।
  • चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेर २ हजार १ सय ७५ रुपैयाँ पुगेको छ।
  • बुधबारको तुलनामा आज सुन र चाँदीको मूल्य वृद्धि भएको हो।

१२ असार, काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा ३ सय रुपैयाँ बढेको छ ।

बुधबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुन आज बिहीबार प्रतितोला १ लाख ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँ बढेको छ । हिजो बुधबार प्रतितोला २ हजार १ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?