+
+
Shares

सलमान खान बने क्रिकेट क्लबका मालिक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १२ गते १४:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सलमान खान एक क्रिकेट क्लबका प्रमुख बनेका छन् र नयाँ दिल्लीमा आइएसपीएलको लागि संलग्न छन्।
  • यो लिगको दोस्रो संस्करणमा २८ मिलियन दर्शकले टिभीमा हेरेका थिए र दर्शक संख्या ४७ प्रतिशतले बढेको छ।
  • अमिताभ बच्चन, अक्षयकुमार, ऋतिक रोशन लगायत स्टारहरूले यस लिगको प्रचारमा योगदान दिएका छन्।

मुम्बई । शाहरुख खानलाई पछ्याउँदै अर्का बलिउड अभिनेता सलमान खान पनि क्रिकेटको दुनियाँमा प्रवेश गरेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार उनी एक क्रिकेट क्लबका मालिक बनेका छन् । तर, आइपीएल चाहिँ होइन । इन्डियन स्ट्रिट प्रिमियर लिग (आईएसपीएल)को लागि उनी दिल्लीको एक क्लबका प्रमुख बनेका हुन् ।

नयाँ दिल्ली क्लब र सलमानको संलग्नताले यो लिगको द्रुत विकास र बढ्दो सांस्कृतिक प्रवर्धनमा मद्दत गर्ने आयोजकको विश्वास छ ।

आइएसपीएललाई भारत रत्न सचिन तेन्दुलकर, एसियाली क्रिकेट परिषद्का सदस्य तथा क्याबिनेट मन्त्री आशिष शेलार, मीनल अमोल काले र सुरज समत सम्मिलित कमिटीले समर्थन गरेको छ ।

यो नयाँ क्रिकेट लिगको दोस्रो संस्करणलाई २८ मिलियन दर्शकले टिभीमा हेरेका थिए भने दर्शक संख्यामा ४७ प्रतिशतले वृद्धि भएको थियो । तेस्रो सिजनमा सलमान खानजस्ता स्टार जोडिएका छन् ।

अमिताभ बच्चन, अक्षयकुमार, ऋतिक रोशन, करिना र सैफअली खान, रामचरण, सूर्या यसअघि नै लिगको बोर्डमा जोडिएका छन् । स्टार पावरको मद्दतमा यो लिगले थप चर्चा पाउने विश्वास आयोजकको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?